रुसी सेनामा ज्यान गुमाउनेका परिवार पक्राउ

रुसी सेनामा ज्यान गुमाउनेका परिवार पक्राउ
सुन्नुहोस्

रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका र घाइते भएकालाई क्षतिपूर्ति दिन माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आज बिहान सिंहदरबारको दक्षिण गेटअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका पीडित परिवारका सदस्य र आफन्तलाई प्रहरीले पक्राउ गरेको हो । 'रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान'ले गरेको सो प्रदर्शनमा एक पाँच वर्षे बालकसहित १२ जना पक्राउ परेको बताइएको छ । उनीहरुलाई अहिले प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । 

रुसी सेनामा भर्ती भएकाहरुलाई सकुशल नेपाल फर्काउन माग गर्दै पीडित परिवारका सदस्यहरु लामो समयदेखि सडक संघर्षमा छन् । सोहीअन्तर्गत आज उनीहरु सिंहदरबार अगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।   

उनीहरुले रुसी सेनामा भर्ती भएका सबै नेपालीलाई स्वदेश फर्काउनुपर्ने, करार सम्झौता रद्द गरि उद्धारको पर्खाइमा रहेका नेपालीलाई पुन: युद्ध मैदानमा लगिएकाले तत्काल उद्दार गर्नुपर्ने, घाइतेको उचित उपचार र क्षेतिपूर्ति दिनुपर्ने, युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्धार गर्नुपर्ने, मृतकको शव नेपाल ल्याउन र रुसी सेनाबाट प्रप्त्र सबै सेवा सुविधा दिलाउनुपर्ने, रुसी सेनामा कार्यरत नेपालीको वास्तविक तथ्यांक सार्वजनिक गर्नुपर्नेजस्ता माग राख्दै आएका छन् ।

टिप्पणीहरू