प्रहरीको मेस भवन बनाउन पालिकाको आर्थिक सहयोग

प्रहरीको मेस भवन बनाउन पालिकाको आर्थिक सहयोग

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सहयोगमा सशस्त्र प्रहरीको सिनियर अधिकृत मेस भवन निर्माण गरिएको छ । हिजो उद्धघाटन गरिएको सशस्त्रको गण नं. ६, राजविराजमा निर्मित उक्त भवन बनाउन पालिकाले आर्थिक सहयोग गरेको हो । 

उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष विद्यानन्द चौधरीले उक्त भवन निर्माणले सशस्त्र प्रहरीले खेप्दै आएको मेसको समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘मेसको समस्या खेप्दै आएको सशस्त्र प्रहरीले यसबाट राहत पाउने छन्,’ उनले भने, ‘सँगै दुई देशको सुरक्षा बैठकको लागि पनि भवन प्रयोग गर्न पाइयो ।’ 

यसअघि सशस्त्र जवानको मेस दुई लाख आर्थिक सहयोगमा गाउँपालिकाले नै निर्माण गरिदिएको थियो । सुरक्षाकर्मीहरुले सहजता महसुस गरे अझ प्रभावकारी ढंगले सुरक्षा दिने भएकोले उनीहरुको लागि पनि उचित बसोबासको व्यवस्था मिलाउन जरुरी गरेको अध्यक्ष चौधरीले बताए । 

‘सुरक्षाकर्मीहरुले खानपान, बसोबासमा सहजता महसुस गरे अझ सक्रिय र मन लगाएर काम गर्नेछन्’, उनले भने, ‘यसको लाभ हाम्रै पालिकावासी र जिल्लावासीलाई हुनेछ ।’

त्यस्तै, पालिकाले दैनिक सेवा प्रवाह हुने कार्यालयमा पनि आफ्नो स्रोत साधनबाट मद्दत गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिएका छन् । पालिकाबाट मात्र नभई अन्य कार्यालयबाट पनि स्थानीय नागरिकले सहज रुपमा सेवा लिन पाऊन् भन्ने उद्देश्यले सहयोग गर्दै आएको उनको भनाइ छ ।

टिप्पणीहरू