गाउँपालिकाको भवन उद्धघाटन गर्न सार्वजनिक बिदा

गाउँपालिकाको भवन उद्धघाटन गर्न सार्वजनिक बिदा

सल्यानको दार्मा गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । नवनिर्मित प्रशासकीय भवनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि पालिकाले बिदा दिएको हो । 

भोलि गाउँपालिका मातहतका निकाय तथा विद्यालय बन्द रहने अध्यक्ष निमबहादुर केसीले बताए । प्रधानमन्त्री प्रचण्ड बिहान १० बजे आउने कार्यक्रम रहेको उनले जानकारी दिए । 

‘भवन उद्घाटन गर्न प्रधानमन्त्रीज्यू बिहान १० बजे आएर दिँउसो १२ बजे फर्किने कार्यक्रम छ । त्यसैले भोलि गाउँपालिका, वडा कार्यालय, विद्यालयलगायत बन्द रहनेछ’, अध्यक्ष केसीले भने । 

भवन उद्घाटनका लागि सार्वजनिक बिदा दिने गाउँपालिकाको निर्णयको भने सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘बन्द गरेर स्वागत गर्नुपर्छ भन्ने छैन् । खुल्ला गरेर स्वागत गर्नुको मज्जा बेग्लै छ ।’

त्यस्तै, अर्कोले भनेका छन्,‘लाजमर्दो भएन् र यो त जाबो एउटा भवन उद्घाटन गर्न पनि सार्वजनिक बिदा दिनुपर्छ र । सस्तो लोकप्रियता दार्माली जनता भेडा नबनौं ।’

टिप्पणीहरू