महिलालाई तेक्वान्दो सिकाउन माधव नेपालको जोड

महिलालाई तेक्वान्दो सिकाउन माधव नेपालको जोड
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दोलाई देशभर बिस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । 

ललितुरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तेक्वान्दै धेरै नै लोकप्रिय बनिरहेकाले देशभर पुर्याउनुपर्नेमा जोड दिनुभएको हो । महिला हिंसाका घटना रोक्न छोरीहरुलाई बढीभन्दा बढी तेक्वान्दो सिकाउनुपर्ने पनि अध्यक्ष नेपालको धारणा छ । 

‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । यसलाई हामीले अझै बिस्तार गर्नुपर्छ । आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै यसलाई बिस्तार गर्नुपर्छ', उहाँले भन्नुभयो, 'समाजमा अझै पनि विकृतिहरु छन् । महिला हिंसाका घटनाहरु भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरुमा खास गरी महिलालाई, छोरीहरुलाई तेक्वान्दोको तालिम दिनुस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’

खेलले सामुहिकताको भावना बढाउनुका साथै व्यक्तिलाई अनशासित र मेहनती हुन प्रेरणा मिल्ने अध्यक्ष नेपालको बुझाई छ । त्यसकारण खेललाई प्रोत्साहन दिनुपर्ने उहाँले बताउनुभयो ।

टिप्पणीहरू