जासुसीमा भन्ने एउटा, गर्ने अर्कै ?

जासुसीमा भन्ने एउटा, गर्ने अर्कै ?

गुप्तचर प्रमुख हुतराज थापाले मातहतका सबैजसो वरिष्ठ अधिकृतहरूलाई जोकर फाल्टु बनाएका छन् । विवरण मागेका उनले नामनामेसी घरपायक जान पाएपछि काज सरुवा भने मनमौजी गर्दा अधिकारीहरू पंगु भएका हुन् ।

स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख थापाले चीन भ्रमणबाट फर्केलगत्तै एआइजी र सातै प्रदेशका इञ्चार्ज डिआइजीहरूसँग सिपाहीदेखि सईसम्मको सरुवा बढुवा प्रयोजनका लागि राय मागेका थिए ।

घरपायक सरुवा गर्नुपर्ने, काजमा दरबन्दी मिलान गर्नुपर्ने, उपचारको लागि राम्रो अस्पताल नजिकै जानुपर्ने र घरपरिवारका सदस्य बिरामी भएका सुविधासम्पन्न ठाउँमा जानुपर्नेलाई प्राथमिकतामा राखेर सरुवा गर्न राय मागिएको थियो ।

सो निर्देशनबमोजिम सातै प्रदेशका डिआइजीले व्यहोरा खुलाएर सूची बुझाएका थिए । तर, अहिले आएर सबै एआइजी र डिआइजीलाई पंगु बनाउने काम भएको बताइन्छ । यतिसम्मको पत्रु बनाउने काम भए । पछि उनैको सचिवालयमा रहेका एसपी राजन शर्मा र अन्य दुई जना इन्स्पेक्टरसमेत त्यहाँबाट बाहिरिन खोजेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू