गाँजा खेतीलाई कानुनी मान्यता दिने सरकारको घोषणा

गाँजा खेतीलाई कानुनी मान्यता दिने सरकारको घोषणा
सुन्नुहोस्

सरकारले गाँजा उत्पादनलाई व्यावसायिक बनाउन कानुनी व्यवस्था गर्ने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै गाँजा उत्पादन र वितरणको लागि कानुनी व्यवस्था गर्ने घोषणा गर्नुभएको हो । 

उहाँले भन्नुभयो, 'औषधि प्रायोजनको लागि गाँजाको व्यावसायिक उत्पादनको लागि कानुनी व्यवस्था मिलाइने छ ।'

नेपालमा अहिलेसम्म गाँजाको व्यावसायिक खेती गर्न पाइने कानुनी व्यवस्था छैन ।
 

टिप्पणीहरू