केपी ओलीको कवितामा क्रिकेटको बन्यो

केपी ओलीको कवितामा क्रिकेटको बन्यो
सुन्नुहोस्

नेपाली राजनीतिका शीर्ष नेताहरुमा चलचित्र र संगीतप्रतिको लगाव कमै देखिन्छ । तर,एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने अपवाद देखिनुहुन्छ । 

गत महिना राष्ट्रिय सभागृहमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उहाँ वक्ता बन्नुभयो । ओलीको प्रस्तुतिका क्रममा महानायक राजेश हमाल सहजकर्ता थिए । शीर्ष नेताले चलचित्रमा बहस गरेको यो घटनाले राम्रै चर्चा पनि पायो । 

त्यस्तै,अध्यक्ष ओली चलचित्र 'नमेटिने घाउ' मा पनि अनुबन्धित हुनुहुन्छ । उक्त फिल्मको सुटिङसमेत भैसकेको छ । अभिनेता रमित ढुंगानाले निर्माण तथा निर्देशन गरेको यो चलचित्रको अहिले डबिङको काम भइरहेको बताइन्छ । 

फिल्म खेलपछि ओली गीततिर लाग्नुभएको छ । नेपाली क्रिकेटका लागि उहाँले लेखेको 'चान्स पायो कि नेपालीले गर्छ' बोलको गीत सार्वजनिक गरिएको छ । 

गीति भिडियोमा उहाँले  टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टिमलाई शुभकामना दिनुभएको छ । यो गीतमा पृथ्वी खनालले स्वर र संगीत दिएका छन् । 

त्यसो त, हाँस्य कलाकारलाई समेत माथ खुवाउने गरी आफ्ना अभिव्यक्तिद्वारा हँसाउन सक्ने क्षमताका ओली कविता पनि रचना गर्नुहुन्छ ।

टिप्पणीहरू