काकडभिट्टा नजिकै दुई वटा रेल ठोक्किँदा आठ जनाको मृत्यु

नेपालको पूर्वी नाका काकडभिट्टा नजिकै रहेको भारतको पश्चिम बंगाल राज्यको न्यू जलपाईगुडी छेउमा भएको यात्रुवाहक रेल दुर्घटनामा आठ जनाको ज्यान गएको छ । बिहान यात्रुवाहक रेल अर्को मालवाहक रेलसँग ठक्कर खाँदा उक्त दुर्घटना भएको बताइएको छ ।
कोलकाताको सियालदह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस र न्यू जलपाईगुडी आउँदै गरेको मालवाहक रेल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएका छन् ।
मृतकको सनाखत हुन सकेको छैन । रेलका तीनवटा डब्बा लिगबाट बाहिरिएको छ ।
टिप्पणीहरू