चीनले १७ जना नेपाली विद्यार्थीलाई लगेर निशुल्क मुटु उपचार गर्ने

चीनले १७ जना नेपाली विद्यार्थीलाई लगेर निशुल्क मुटु उपचार गर्ने

मुटुमा गम्भीर समस्या देखिएका १७ जना नेपाली विद्यार्थीको निःशुल्क उपचार चीनमा हुने भएको छ ।

युन्नान प्रान्तको फुवाई युन्नान अस्पताल र चिनियाँ चिकित्सा विज्ञान प्रतिष्ठानबाट आएको वरिष्ठ मुटुरोग विशेषज्ञहरुको टोलीले गरेको परीक्षणमा ती विद्यार्थीको मुटुमा समस्या देखिएको बताइएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जालमा दिनुभएको जानकारी अनुसार यहाँ परीक्षण गरिएका चार हजार ६८२ जना विद्यार्थीको मुटुमध्ये १७ जनाकोमा गम्भीर समस्या भेटिएको छ । अब चीनमा निःशुल्क उपचार भएपछि उनीहरुले नयाँ जीवन प्राप्त गर्नेछन् ।

राजदूतले लेख्नुभएको छ, ‘मुटुरोगसँग सबन्धित परीक्षण र उपचारमा पनि दुई मुलुकबीच थप सहयोग आदान प्रदान गर्न सकिनेमा सहमत छौं ।’

टिप्पणीहरू