अवैध सुनका मुख्य योजनाकार स्मार्ट प्यालेसमा

अवैध सुनका मुख्य योजनाकार स्मार्ट प्यालेसमा
सुन्नुहोस्

दुबईबाट अवैध रुपमा नेपालमा सुन भित्र्याउने मुख्य योजनाकार पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२, घर भएका विकास योञ्जनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत वर्ष भदौ २५ गते प्रहरीले हिमालयन एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं आएका काभ्रेका बाबुलाल दोङलाई अवैध सुनसहित पक्रेको थियो । विमानस्थल बाहिर सडक पेटीमा हिँडिरहेको अवस्थामा पक्राउ परेका उनको मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ९६० ग्राम सुन बरामद गरेको थियो । 

थप अनुसन्धानको क्रममा काभ्रेकै जगत लामा र मिङमा दोर्जे स्याङ्तान पनि समातिएका थिए । उनीहरुले बयानको क्रममा योञ्जनको नाम पोलेको प्रहरीको भनाइ छ । विमानस्थल भन्सार कार्यालयबाट समेत पक्राउ पूर्जी जारी भइसकेका उनलाई हिजो साँझ चाबहिलको स्मार्ट पार्टी प्यालेसबाट नियन्त्रणमा लिइएको हो ।

टिप्पणीहरू