कुकुरको छाउरा मारेको झोंकमा छोरोले गरे बुबाको हत्या

कुकुरको छाउरा मारेको झोंकमा छोरोले गरे बुबाको हत्या

पूर्वी नवलपरासीमा छोराले बुबाको हत्या गरेका छन् । कावासोती नगरपालिका–५, ठकुरीचोकका १८ वर्षीय निराजन कुमालले ४३ बर्षीय बुबा प्रेम कुमालको हत्या गरेका हुन् । 

हत्याको कारण कुकुरको छाउराको मृत्यु भएको प्रहरीले जनाएको छ । निराजनले केही समयदेखि घरमा छाउरा (पप्पी) पालेका थिए, तर उनको बुबालाई छोरोको उक्त काम मन परेको थिएन ।

आज बिहान ११ बजेतिर बुबाले ढुंगाले हानेर छाउरा मारिदिए । त्यसपछि निराजनले पनि बुबाको टाउकोमा ढुंगा हानिदिएकाले प्रेमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी वेदबहादुर पौडेलले बताए । 

डिएसपी पौडेलले भने, ‘छोरोको पप्पी बुबाले मारिदिएछन्, आवेगमा आएर छोरोले पनि बाबुलाई ढुंगा हानेका रहेछन् ।’ अहिले निराजनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू