मध्यरातमा सुन स्प्रे गरिएको कपडासहित भारतीयहरु छिर्न खोजेपछि...

मध्यरातमा सुन स्प्रे गरिएको कपडासहित भारतीयहरु छिर्न खोजेपछि...

सुन स्प्रे गरेको कपडा लगाएका दुई जना भारतीयलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । मध्यराति सवा १२ बजे दुबईबाट फ्लाई दुबईको उडानमा काठमाडौं आएका भारतीय नागरिकहरु विजयकुमार गोविन्दभाइ सागर र जितेन्द्रकुमार बलुभाइ ढाकानलाई विमानस्थलको भन्सार क्षेत्रबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

भन्सारबाट निस्कने क्रममा उनीहरुले लगाएको कपडामाथि शंका लागेकाले सादा पोशाकका प्रहरीले उनीहरुलाई आवश्यक जाँचका लागि नियन्त्रणमा लिएको थियो । कपडासहित चार किलो ५०० ग्रामको पहेँलो धातुबारे अनुसन्धान गर्न उनीहरुलाई बिहान प्रहरी वृत्त गौशाला लगिएको छ ।

टिप्पणीहरू