प्रहरी अस्पतालका इन्स्पेक्टर श्रेष्ठको नाममा सातदिने पूर्जी

प्रहरी अस्पतालका इन्स्पेक्टर श्रेष्ठको नाममा सातदिने पूर्जी

गृह मन्त्रालयले नेपाल प्रहरीका इन्स्पेक्टर डा.पवन श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ ।

लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई आज सार्वजनिक सूचना निकालेर गृहले स्पष्टीकरण मागेको हो । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । 

‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालयमा हाजिर हुन आउनुहोला', सूचनामाभनिएको छ, 'अन्यथा तपाईँउपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा ऐ.नियमावलीको नियम १०९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजाने छ ।’

महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत प्राविधिक इन्स्पेक्टर श्रेष्ठले गत वैशाख २ गते १५ दिने घर बिदा स्वीकृत गराई छुट्टी लिएका थिए । वैशाख २३ गतेदेखि कार्यालयमा हाजिर हुनुपर्नेमा उनी हालसम्म अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ ।
 

टिप्पणीहरू