बुढेशकालसम्म उत्तिकै सक्रिय उद्यमी अम्बिकाको निधन

बुढेशकालसम्म उत्तिकै सक्रिय उद्यमी अम्बिकाको निधन

काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।

९१ वर्षीया श्रेष्ठ निमोनिया र बाथरोगबाट पीडित थिइन् । उनका श्रीमान् तथा प्रख्यात पर्यटन व्यवसायी द्वारिकाको आजभन्दा ३३ वर्ष अगाडि निधन भएको हो । होटल द्वारिकाज उनकै नाममा राखिएको हो ।

श्रीमानको निधनपछि सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी अम्बिकाका दुई छोरी छन् । एक मात्र छोराको पनि पहिले नै निधन भएको हो ।
 

टिप्पणीहरू