खोलामा बगाएर काठ तस्करी

खोलामा बगाएर काठ तस्करी

झापामा खोलामा बगाएर काठ तस्करी हुने गरेको पाइएको छ । फरक शैलीबाट काठ तस्करी भैरहेको सुराकीपछि खटिएको प्रहरी टोलीले खोलामा बगिरहेको अवस्थामा काठ बरामद गरेको हो । 

आज बिहान गाडीको टायर (टिउ)मा बाँधेर पानीमा बगाइएको अवस्थामा शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई मार्ड खोलाबाट ५७ हजार रुपैयाँ बराबरको चिरान काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार खोलाबाट काठ बगाई ल्याइरहेको सूचना प्राप्त भएको थियो । त्यसपछि अस्थाई प्रहरी चौकी माईधार र गैडे सामुदायिक वन उपभोक्ता समितिसहितको टोलीले खोलामा सखुवा जातको (फेन्टा) चिरान काठ फेला पारेको हो । 

उक्त काठ आवश्यक कारबाहीका निम्ति गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू