त्रिशुलीमा हराएका बस र यात्रु खोज्न आयो भारतीय टोली

त्रिशुलीमा हराएका बस र यात्रु खोज्न आयो भारतीय टोली

चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशुलीमा बगेका दुई वटा बस र हराइरहेका यात्रुको खोजीमा भारतीय टोली पनि मिसिएको छ । भारतीय विपद् व्यवस्थापन प्राधिकरणले एउटा टोली पठाएको छ ।

डिजी कुनाल तिवारीको कमाण्डमा गोताखोरसहित १२ जनाको टोली गएराति सवा १२ बजे रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको थियो । उद्धारका लागि आवश्यक सामाग्रीसहित टोली गएराति भैरहवाको होटल जोशीमा बसेर आज बल्ल चितवन आएको टोली एक हप्तासम्म यतै बस्ने छ ।

 

टिप्पणीहरू