कारको ठक्करबाट घाइते पैदलयात्रीहरुको उपचार जारी

कारको ठक्करबाट घाइते पैदलयात्रीहरुको उपचार जारी

काठमाडौंको बल्खुमा कारले ठक्कर दिँदा तीन जना पैदलयात्री घाइते भएका छन् । 

हिजो राति बल्खुको सडकपेटीमा बा.११ च ५९१६ नम्बरको कारको ठक्करबाट भारतीय नागरिकहरु डल्लु बस्ने १८ वर्षीय प्रियन्सु कुमार, कुलेश्वर बस्ने २५ वर्षीय भोला कुमार र १९ वर्षीय श्यामबाबु ठाकुर घाइते भएका हुन् । 

उनीहरुको बल्खुस्थित बयोद्या अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार चालक बल्खु घर भएका ४८ वर्षीय भुपेन्द्र श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा बेन्जोडाइजेपाइन्स नामक लागूऔषध सेवन गरेको र लापरबाहीपूर्वक सवारी चलाई विपरीत लेनमा गई सडकपेटीमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । उनीमाथि सवारी अंगभंगसम्बन्धी कसुरमा प्रहरी वृत्त कालीमाटीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू