दुर्घटनाग्रस्त जहाजका पाइलटको जीवितै उद्धार, ठूलो हताहतीको आशंका

दुर्घटनाग्रस्त जहाजका पाइलटको जीवितै उद्धार, ठूलो हताहतीको आशंका
सुन्नुहोस्

सौर्य एयरलाइन्सको जहाज दुर्घटनमा १३ जनाको निधन भएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । 

चालक दलका सदस्यसहित १९ जना सवार जहाज आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । जसमध्ये १३ जनाको घटनास्थलमै निधन भएको र चालकलगायत बाँकीलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ । 

'सी चेक'का लागि पोखरा जान लागेको जहाज आज बिहान ११ बजे उड्नेबितिक्कै दुर्घटनामा परेको हो । ग्राउन्ड छाडिसकेपछि रनवेबाहिर बजारिंदा जहाजमा आगो लागेको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ भने उद्धार कार्य जारी छ । सशस्त्र प्रहरीका एआइजी बंशी दाहाललगायतको टोली उद्धारमा खटिएको छ । 

सौर्य एयरका डेपुटी जनरल म्यानेजर उमेश आचार्यका अनुसार १७ जनाको टोली लिएर जहाज परीक्षणका लागि पोखरा जान लागेको थियो ।

टिप्पणीहरू