बालेनले यसरी पोस्छन् आफ्नालाई

बालेनले यसरी पोस्छन् आफ्नालाई
सुन्नुहोस्

स्वर्णिम योजनाका नाममा चुनिएको दुई वर्ष बित्दानबित्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले फुटपाथहरू भत्काउँदै पुनर्निर्माण गर्न थालेका छन् । झट्ट हेर्दा सुन्दर, आकर्षक र लोकप्रियझैं लाग्ने यस्तो योजनाको भित्री चलखेल भने निकै डरलाग्दो रहेको छ । 

विद्यासुन्दर शाक्य नगरप्रमुख हुँदा बनाइएका ती फुटपाथ भत्काएर पुनर्निर्माण गर्दा नजिकका र आसेपासेलाई ठेक्कापट्टा दिई काममा लगाउने मनसुवाबमोजिम यस्तो योजना लागू गरिएको बताइन्छ । यसरी ठेक्कापट्टा दिई नजिकका मान्छे पाल्ने र दादागिरी गर्नेहरूलाई संरक्षण दिने योजना रहेको दाबी गरिएको छ । कोटेशन ठेक्कामा दिइने त्यस्तो काममा प्रयोग हुने इँटा/ढुङ्गाको प्रतिगोटा दररेटमा ५ को १० गर्दा पनि कसैले वास्ता नगर्ने, पहिला प्रयोग गरेका इँटा/ढुङ्गाको हिसाब कसैलाई बुझाउन नपर्ने, पुरानै पनि प्रयोगमा ल्याएर नयाँको बिल बनाउने गरेको दाबी स्रोतको छ ।

त्यसो त मेयर साहले महानगरका गौरव योजनाअन्तर्गत नै यो स्वर्णिम योजना कार्यान्वयन गर्ने गराउने नीति लिएको देखिन्छ । काठमाडौं जिल्लाका सिडिओ जीतेन्द्र बस्नेत पनि नयाँ सत्ता समीकरण बनेपछि ‘पर्ख र हेर’को नीतिमा देखिन्छन् । उनले मेयर बालेनलाई पूर्णरूपमा साथ दिएका छैनन् भने पूरै असहयोग पनि नगरेको अवस्था छ । बालुवाटार भने न्यूरोड प्रकरणमा बालेनसँग बेखुस नै छ ।

मेयर साहलाई फेसबुक, युट्युबलगायतका सोसल मिडियामा हाइलाइट गर्ने र साँझपख उनीसँग बसेर गफिदैं जाँड खानेहरूको नेतृत्व भने कुमार बेनले गरेको अवस्था छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू