कर्णालीका कमरेडमा अचाक्ली परिवारवाद !
कर्णाली माओवादीको आधार क्षेत्र हो । माओवादी जनयुद्धमा यहाँका दलित, जनजाति, गरिब, विपन्न र शहीद परिवारले ज्यान फालेर पनि पार्टीलाई सहयोग गरे । वर्गीय मुक्तिको लागि भन्दै जनयुद्धमा आ–आफ्नो हैसियतबाट सहयोग गरे तर आज माओवादी सत्तामा हुँदा परिवारबाहेक अरूलाई हेपिएको आरोप छ ।
उदाहरण कर्णालीका निवर्तमान प्रदेश प्रमुख तिलक परियारको सचिवालयलाई हेरे पुग्छ । उनको सचिवालयमा कार्यरत १२ जनामध्ये तीन छोरा–बुहारीदेखि नाति र भाञ्जासम्म छन् । सबै दलित समुदायका मात्रै छन् ।
प्रदेश प्रमुखका तीन छोरामध्ये जेठो दीपककुमार कम्प्युटर सहायक, माइलो जंगवीर सवारी चालक, कान्छो उत्तम चौथो श्रेणीको स्वकीय अधिकृत छन् । उत्तमकी श्रीमती सुनिता छिनाल तेस्रो श्रेणीमा छिन् ।यसभन्दा पहिले नै परिवारवाद लादेर यहींका मुख्यमन्त्री राजकुमार शर्माले रेकर्ड तोडिसकेका छन् ।
शर्माले भिनाजु भरतकुमारलाई प्रमुख प्रशासनिक सल्लाहकारसहित सचिवालयमा परिवार र समुदायलाई नियुक्ति गरिदिएका थिए । सचिवालयका कारण नै शर्माको मुख्यमन्त्री पद निकै आलोचित बन्यो ।
रुकुम पश्चिमबाट निर्वाचित शर्मालाई जिल्ला पार्टीले विभिन्न कार्यक्रममा बहिष्कारसमेत गरेको थियो । जति आलोचना भए पनि परिवारका सदस्यहरूलाई हटाएनन् बरु आफै“ मुख्यमन्त्रीबाट हट्ने घुर्कीसम्म लगाएका थिए ।
टिप्पणीहरू