सयौंको हताहतीपछि बंगलादेशी प्रधानमन्त्रीद्वारा राजीनामा, लगत्तै हेलिकोप्टरमा भारत पलायन
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन् । राजीनामापछि उनी सेनाको हेलिकोप्टरमा भारत पुगेको बताइएको छ ।
आरक्षण कोटाको विरोधमा आन्दोलनरत विद्यार्थीले लामो समयदेखि प्रधानमन्त्रीको हसिनाको राजीनामा माग गरेका थिए । आज दिउँसो आन्दोलनकारीहरु प्रधानमन्त्री निवासभित्रै छिरेपछि अवस्था तनावग्रस्त बनेको हो ।
हसिना दिउसो साढे २ बजे प्रधानमन्त्री निवासबाटै सेनाको हेलिकोप्टरमा भारतको पश्चिम बंगालस्थित कोलकाता गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
देश छाड्नुअघि उनले राष्ट्रको नाममा सम्बोधन गर्न खोजेकी थिइन् । तर, त्यो सम्भव नभएपछि उनले बहिनीसँगै मुलुक छाड्ने निर्णय गरेकी थिइन् ।
टिप्पणीहरू