गाभियो आईएमईमा जिएमई रेमिट
आईएमई र जिएमई रेमिट गाभिएपछि आजदेखि आईएमई लिमिटेडको नाममा एकीकृत कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारको घोषणा गरेका हुन् ।
उनले विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट नेपालमा रकम पठाउन आग्रह गर्दै हुन्डी कारोबारलाई नियन्त्रण गर्नुपर्ने र वैधानिक बाटोबाट रेमिट्यान्स पठाएमा अर्थतन्त्रमा थप योगदान पुग्ने बताए ।
आईएमईले अब सर्वसाधारणका लागि सेयर जार्ने जानकारी पनि दिइएको छ ।
टिप्पणीहरू