गभर्नर अधिकारीको सुझाव : दुर्गा प्रसाईंहरु विरुद्ध मुद्दा चलाऔं

सुन्नुहोस्

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नाम उल्लेख नगरी समाजमा अनर्गल प्रचार गर्दै हिँडेका दुर्गा प्रसाईंहरु जस्तालाई मुद्दा चलाउन सुझाएका छन् । ‘बैंकबाट लिइएको ऋण नतिरौं’ भन्दै दुष्प्रचार गर्नेलाई बैंकिङ कसूरमा मुद्दा चलाउने कानुनी व्यवस्थाका लागि सांसदहरुलाई सुझाव दिएका हुन् ।

आज बसेको संसदको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले सामाजिक सञ्जाल र संगठित रुपमा भइरहेका बैंकिग क्षेत्रविरुद्धको गतिविधिलाई कारबाही गर्ने व्यवस्था आवश्यक भएको उल्लेख गरे । समितिको बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि छलफल गर्ने क्रममा गभर्नरले उक्त धारणा राखेका हुन् ।

ऋण नतिर्न गरिएको भ्रामक प्रचारबाजीले बैंकिग क्षेत्रमा असहज अवस्था उत्पन्न भएको उनको भनाई छ । बैंकिङ कसूरसम्बन्धी विधेयक संसदमा २०८० असोज १६ गते दर्ता भएको थियो । 

गत फागुन ११ गते समितिमा पुगेको उक्त विधेयकमाथि छलफल गर्ने क्रममा आज गभर्नर अधिकारीलाई बोलाइएको हो ।

टिप्पणीहरू