हुनेवाला बुहारीभन्दा तरुनी आमाजूको चर्चा
बलिउडपछि हलिउडमा तहल्का पिटिरहेकी अभिनेत्री प्रियंका चोपडा यतिबेला भारतमा छिन् । अमेरिकी गायक निक जोन्ससँग बिहे गरेपछि लस एञ्जलसमा बस्दै आएकी उनी भाइको बिबाहका लागि साताअघि मात्रै माइतीघर फर्केकी हुन् ।
प्रियंकाका भाइ सिद्धार्थ चोपडाको बिबाह निलम उपाध्यायसँग हुँदै छ । गत शुक्रबारदेखि संगीत समारोह पनि शुरु भइसकेको छ ।
तर, वैवाहिक समारोहमा बेहुला सिद्धार्थको होइन चर्चा प्रियंका र निलमको भइरहेको छ । प्रियंकाकी बुहारी बन्न लागेकी निलम पनि अभिनेत्री नै हुन् । ३० वर्षीया उनी अहिले दक्षिण भारतीय चलचित्र क्षेत्रमा व्यस्त हुने गरेकी छिन् ।
आधा दर्जन चलचित्रमा काम गरिसकेकी उनी सुन्दरता र फेशन सेन्सका कारण चर्चामा आउँछिन् । तर, सामाजिक सञ्जालमा भने निलमभन्दा प्रिंयका नै भर्खरकी देखिएको भन्दै टिप्पणी भइरहेको छ ।
४२ वर्षीया प्रिंयका ३० वर्षीया निलमभन्दा तरुनी देखिएको भन्दै सञ्जालबाट समर्थकहरुले प्रंशसा गरेका छन् । प्रियंकाले आफूजस्तै सुन्दर बुहारी पाएको टिप्पणी पनि उत्तिकै छ ।
टिप्पणीहरू