हिमालय शमशेरको सम्झनामा कार्यक्रम, भारतीय गभर्नरको सम्बोधन

हिमालय शमशेरको सम्झनामा कार्यक्रम, भारतीय गभर्नरको सम्बोधन
सुन्नुहोस्

भारतीय रिजर्भ बैंकका गभर्नर शशिकान्त दासले काठमाडौंमा आयोजित फर्स्ट हिमालय शमशेर मेमोरियल लेक्चरलाई सम्बोधन गरेका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको लेक्चरको एक्काइसौं शताब्दीको केन्द्रीय बैंक सम्बन्धी शीर्षकलाई सम्बोधन गर्न दास काठमाडौं आएका हुन् ।

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको साढे २ वर्षअघि निधन भएको हो । ९५ वर्षीय जबराको २०७९ माघ २२ गते बिहान निधन भएको थियो । १४ वर्षको उमेरमा मेट्रिक पास गरेका राणा नेपाल सरकारको सचिव हुँदै राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए ।

दास नेपाल वायुसेवाको उडान नम्बर आरए २१८ मा अस्ति साँझ काठमाडौं आएका हुन् । होटल द्वारिकामा बसेका भारतीय गभर्नर हिजो बिहान पशुपतिनाथ दर्शनका लागि गएका थिए ।

भोलि दिउँसो ३ बजे इण्डिगो एअरको उडान नम्बर ६इ११५८ मा मुम्बई फिर्ता हुने कार्यक्रम छ ।

टिप्पणीहरू