एनआईसीका कार्डवाहकलाई विमान टिकटमा छुट

एनआईसीका कार्डवाहकलाई विमान टिकटमा छुट

एनआईसी एशिया बैंकका कार्डवाहकले बुद्ध एयरको टिकट खरिदमा विशेष छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच भएको समझदारीसँगै बैंकका कार्डवाहकले बुद्ध एयरको टिकट खरिदमा आठ प्रतिशतसम्म छुट उपलब्ध पाउने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एंव प्रिभिलेज कार्ड प्रयोग गरी बुद्ध एयरका विभिन्न ठाउँमा रहेका काउन्टरमा भुक्तानी गर्दा आठ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेको जनाइएको छ । 

बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहकलाई विशेष गरी आउँदै गरेका चाडपर्वमा विभिन्न गन्तव्यमा सुलभ रुपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकको विश्वास छ ।

टिप्पणीहरू