कविताका पारखीलाई दर्पणको 'एक्लो पृथ्वी एक्लो मान्छे'

कविताका पारखीलाई दर्पणको 'एक्लो पृथ्वी एक्लो मान्छे'

पछिल्लो समय नेपाली साहित्यमा कविताका पाठकहरु बढिरहेका छन् । तुलनात्मक रुपमा आख्यान, गैर-आख्यान, कथा संग्रहभन्दा कविताका पुस्तकहरु नै बजारमा बढी आएको पाइन्छ ।

यसैबीच कवि दीप दर्पणले ‘एक्लो पृथ्वी एक्लो मान्छे’ कविता संग्रह बजारमा ल्याएका छन् । हिजो एक कार्यक्रमका बीच कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, ज्योती जंगल र दर्पणले पुस्तकको विमोचन गरेका हुन् । 

रोल्पा घर भएका दर्पण लामो समयदेखि साहित्यमा सक्रिय छन् । विभिन्न पत्रिका तथा अनलाइनमा फुटकर कविता प्रकाशित गर्दै आएका उनको यो पहिलो संग्रह हो । 

विमोचन कार्यक्रममा बोल्दै कवि मुकारुङले संग्रहका अधिकांश कविताहरुले ग्रामिण समाजको कथा प्रस्तुत गरेको बताए । त्यस्तै समालोचक बानियाँले कवितामा भोगाइको तितो यर्थाथलाई कलात्मक ढंगले प्रस्तुत गरिएको बताए । 

ज्योतिले पनि कविता पाठकहरुको लागि दर्पणको संग्रहले नयाँ स्वाद दिने विश्वास व्यक्त गरिन् । 

पुस्तकमा राजनीति, समाज, प्रेम र दर्शनका भाव बोकेका ५२ वटा कविता संग्रहित छ ।

टिप्पणीहरू