वृक्षारोपणमा एसबिआईको सहयोग

वृक्षारोपणमा एसबिआईको सहयोग

नेपाल एसबिआई बैंकले विराटनगर महानगरपालिकालाई वृक्षारोपणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले बरगाछी–रानी ६ लेन सडकमा वृक्षारोपण कार्यक्रमका निम्ति आर्थिक सहयोग गरेको हो । 

सो सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले महानगरका मेयर नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरेको जनाइएको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यका उक्त सहयोग गरिएको बैंकले जनाएको छ । 

बैंकले दिगो विकास तथा वातावरण संरक्षणका लागि यस्ता गतिविधि गर्दै आएको छ । एसबिआई बैंकले हाल देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।

टिप्पणीहरू