केपी ओलीले बिगारेको अंग्रेजी एमालेले सपार्ने

केपी ओलीले बिगारेको अंग्रेजी एमालेले सपार्ने

 नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यतालाई मात्र सही भन्न नसकिने टिप्पणी गरेका छन् । 

आफ्ना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अमेरिकाको एक कार्यक्रममा ‘डाँफेज्’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भलाई जोडेर शंकरले त्यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्रीले कनिकुथी अंग्रेजी बोलेको भन्दै आलोचना भैरहँदा उनले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण पनि आवश्यक रहेको तर्क गरे । 

शंकरले अंग्रेजी शब्दकोषमा ‘डाँफेज्’ र ‘गैँडाज्’ लाई स्थापित गर्नुपर्नेमा जोडसमेत दिएका छन् । 

‘प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज् र गैँडाज् शव्द प्रयोग गर्नु भएको सन्दर्भमा सामाजिक सन्जालमा प्रधानमन्त्रीलाई ती शव्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ’, उनले भनेका छन्,  ‘विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’

टिप्पणीहरू