राष्ट्र बैंकलाई रक्षक चाहियो, छ महिनाको करार

राष्ट्र बैंकलाई रक्षक चाहियो, छ महिनाको करार

नेपाल राष्ट्र बैंकले करारमा कर्मचारी नियुक्तिको तयारी गरेको छ । 

बैंक त्तहा वित्तीय संस्थाहरुको नियमनकारी निकाय राष्ट्र बैंकले रक्षकसहित विभिन्न पदमा २८ जनाका लागि दरखास्त आह्वान गरेको हो । रक्षक, सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृत आवश्यक परेको बैंकको सूचनामा उल्लेख छ ।

सूचनामा तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी कात्तिक २ गतेसम्म दरखास्त दिन सक्ने जनाइएको छ । आवेदकको उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने छ । 

करार अवधि छ महिनाको हुने राष्ट्र बैंकले जनाएको छ । यससम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटबाट प्राप्त गर्न भनिएको छ ।

टिप्पणीहरू