बाढीपहिरो पीडितलाई एसबिआईको २५ लाख

बाढीपहिरो पीडितलाई एसबिआईको २५ लाख

नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । बाढीपहिरो प्रभावितका लागि राहतस्वरुप २५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । 

बैंकका प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत दीपकुमार देसहित सिंहदरबार पुगेको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चेक हस्तान्तरण गरेको हो । एसबिआई बैंकले आफ्नो सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको जनाएको छ । 

बैंकका अनुसार देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत आफ्ना लाखौं सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गरिएको छ ।

टिप्पणीहरू