सरकारी कर्मचारीको चाल, सर्वसाधारणको बेहाल

सरकारी कर्मचारीको चाल, सर्वसाधारणको बेहाल

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, भक्तपुरले दशैँपछि मात्र नयाँ लाइसेन्स दर्ताको काम गर्ने भएको छ । कार्यालयले नयाँ लाइसेन्सका लागि ट्रायल दिनेहरुको राजस्व संकलन कार्य दशैँपछि मात्र हुने जानकारी गराएको छ । 

आज जारी सूचनामा भनिएको छ, ‘मिति २०८१ साल असोज २१, २२ र २३ गते यस कार्यालयको अफिस भिजिट डेट प्राप्त गरी नयाँ आवेदन दर्ता गर्ने सेवाग्राहीहरुको राजस्व दशैँपछि संकलन गरिने र लिखित परीक्षाको डेट तोकिने व्यहोरा जानकारी गराइन्छ ।’

सरकारी कार्यालयमा दशैँ बिदा असोज २४ देखि असोज २८ गतेसम्म तोकिएको छ । तर, कार्यालयले दशैँ बिदा शुरु हुनुभन्दा तीन दिनअगावै सूचना प्रकाशित गरेर नयाँ लाइसेन्सको काम रोकेको हो ।

टिप्पणीहरू