गृहजिल्ला पुगेपछि मुख्यमन्त्रीको सवारी निजी गाडीमा

गृहजिल्ला पुगेपछि मुख्यमन्त्रीको सवारी निजी गाडीमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैं बिदामा सरकारी गाडी फिर्ता गरेका छन् । दसैं मनाउन गृहजिल्ला अर्घाखाँची पुगेपछि उनले निजी सवारी प्रयोग गरेका हुन् । 

निजी सवारी साधन प्रयोग गरेर जिल्ला तहमा भेटघाट थालेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनले आफ्ना सुरक्षाकर्मीले प्रयोग गर्दै आएको सरकारी लु.१ झ ४९८ नम्बरको गाडी पनि दसैं बिदाका लागि फिर्ता गरिदिएको बताइएको छ ।

स्कर्टिङमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमै राखिएको छ ।

टिप्पणीहरू