गभर्नर हिजो, अर्थ सचिव आज अमेरिकातर्फ

गभर्नर हिजो, अर्थ सचिव आज अमेरिकातर्फ

अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे अमेरिका गएका छन् । उनी कतार एअरवेजको उडान नम्बर क्युआर ०६४५ मा गएराति साढे २ बजे दोहा हुँदै अमेरिकाको राजधानी वाशिंगटन गएका हुन् ।

वाशिंगटनमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठक आयोजना हुन लागेको छ । अक्टोबर २१ तारिखदेखि २६ सम्म हुने बैठकमा भाग लिन अर्थसचिव घिमिरे र गभर्नर महाप्रसाद अधिकारी त्यता गएका हुन् । अधिकारी हिजो बिहान दोहा हुँदै न्युयोर्क गइसकेका छन् ।

बैठकमा सदस्य राष्ट्रका अर्थमन्त्रीहरुसमेत सहभागी हुन्छन् । अक्टोबर २५ का दिन अर्थमन्त्रीस्तरीय बैठक हुने कार्यक्रम छ ।

यो पनि...

१. श्रीमतीसँगै अमेरिका उडेका गभर्नर तीन साता उतै

२. दशैंअघि सरुवा भएका राष्ट्र बैंकका हाकिमहरु तोकिएको कार्यालयमा

टिप्पणीहरू