३८ करोड ठगी,एक अर्बको जोगाड
सहकारी ठगीका अभियुक्तहरुलाई समातेर जेल हाल्ने कि सर्वसाधारणको बचत फिर्ता गराउन मिलापत्रको बाटो अङ्गाल्ने ? पीडितको रकम फिर्ता नहुँदासम्म न्यायिक प्रक्रिया पूरा हुन्छ कि हुँदैन ? समस्याग्रस्त घोषित सहकारीका हजारौँ बचतकर्ताको झण्डै ४० अर्ब रकम फिर्ताको ग्यारेण्टी कसले लिने ?
महान्यायाधिवक्ता कार्यालयले 'ठगी भएको रकम फिर्ता गरेका व्यक्ति र पीडितबीच मिलापत्र गराई अदालतमा मुद्दा नचलाउने' व्यवस्था गरेसँगै 'मिलापत्र'को बाटो खुलेको छ । र, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १ अर्ब बढी बचत फिर्ता पनि गरिसकेको छ ।
समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्था,सन्चालक र एकाघरका सदस्यको सम्पत्ति तथा दायित्व व्यवस्थापन गरी बचत फिर्ता गरिरहेको छ । यसैबीच इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनाको आरोपमा पक्राउ परेका बाग्लुङ्गको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले पनि अधिकांश बचतकर्ताको रकम फिर्ता गरेको बुझिएको छ ।
सहकारी ठगीमा फरार उनले भारतमै बसेर पोखरा र बाग्लुङ्गतिर पैसा भएका मान्छेहरुसँग सम्पर्क गरी टीम बनाएर सम्बन्धितको पैसा फिर्ता गरेका हुन् । राजनीतिक पहुँच भएका केही बचतकर्ताले कानुनी प्रक्रियामा जाने अडान राखेकाले उनीहरुबाहेक सम्पर्कमा आएका सबैको उनले फटाफट पैसा फर्काएको बताइन्छ ।
देवकुमार नेपालीले सम्पत्ति बेचेर पैसा फर्काउने चासो देखाएको स्थितिले जिबी राईजस्ता ठूला सहकारी घोटालाका आरोपित,जो नेपाल आएर बचत फिर्ताका लागि उपयुक्त वातावरण खोजिरहेका छन् उनीहरुलाई सहज हुने देखिन्छ ।
इमेज सहकारीको अध्यक्ष नेपालीले बचतकर्ताको डेढ अर्ब बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ । गत स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर जितेका उनले एक अर्ब बढीको सम्पत्ति जोडेका छन् । ३८ करोड ठगेर काठमाडौँको ढुंगेधारा चोक,पोखरा र बाग्लुङ्गमा एक अर्बको सम्पत्ति जोडेका नेपालीले सहकारीको रकम घरजग्गा र सपिङ्ग कम्प्लेक्समा लगानी गरेको बताइन्छ । ती घर र सम्पत्ति बेच्दा बचतकर्ताको रकम फिर्ता गर्न पुग्ने सरकारी निकायको आंकलन छ ।
देवकुमार नेपालीले सम्पत्ति बेचेर पैसा फर्काउने चासो देखाएको स्थितिले जिबी राईजस्ता ठूला सहकारी घोटालाका आरोपित,जो नेपाल आएर बचत फिर्ताका लागि उपयुक्त वातावरण खोजिरहेका छन् उनीहरुलाई सहज हुने देखिन्छ ।
जिबीमाथि देशभर सहकारीको नेटवर्क खडा गरी हजारौँ बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोप छ । पक्राउ पुर्जी जारी भएपछि देश छोडेर भागेका उनी पछिल्लो समय नेपाल फर्किएर अनुसन्धानमा सघाउन र बचत फिर्ता गर्न तयार रहेको बुझिन्छ । त्यसनिम्ति ज्यानको सुरक्षा, सर्वस्वसहित जन्मकैद नहुने ग्यारेण्टी र जायजेथा धरौटी राखेर छुट्न पाउने सुविधा खोजेको उनकातफर्बाट सरकारलाई सन्देश पठाएको बताइएको छ ।
एकातिर ठगिएको पैसा फिर्ता गरे जेल बस्न नपर्नेगरी महान्यायाधिवक्ता कार्यालयले कानुन संशोधन गरेको अवस्था,अर्कोतिर वर्षौँदेखि डुबेको पैसा फिर्ता हुने अवस्थामा पीडित बचतकर्ता साँवामै चित्त बुझाउन तयार रहेको स्थिति । त्यसकारण रवि लामिछानेमाथि अनुसन्धान जारी रहँदा जिबीले नेपाल आएर आफूले र रविले गरेको अपचलन कति हो प्रष्ट पार्न सक्नेछन् ।
टिप्पणीहरू