अमेरिकी राष्ट्रपति चुन्न आज मतदान, कसले मार्ला बाजी ?

अमेरिकी राष्ट्रपति चुन्न आज मतदान, कसले मार्ला बाजी ?

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । विश्वकै पुरानो लोकतान्त्रिक मुलुक अमेरिकाको ४७औँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । 

नेपाली समयअनुसार आज साँझ करिब सवा ४ बजेदेखि मतदान शुरु भई भोलि बिहान ६ बजे सकिने जनाइएको छ । विश्व महाशक्ति राष्ट्रको कार्यकारी राष्ट्रपतिको लागि रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धामा छन् ।

यसपटकको प्रतिस्पर्धा निकै कडा हुने अनुमान गरिएको छ । मतदान सकिएलगत्तै मतगणना शुरु हुने र, २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

अहिलेसम्म ३७ प्रतिशत पोस्टिङ मतदान भइसकेको छ । देशबाहिर रहेका अमेरिकीले पनि हुलाकमार्फत मतदान गर्न पाउछन् । ६३ प्रतिशतले भने भौतिक रुपमै उपस्थित भएर मतदान गर्दैछन् । 

राष्ट्रपतिका उम्मेद्वारहरुले खासगरी दुईवटा मुद्धालाई एजेण्डा बनाएर प्रचार गरेका थिए । अमेरिकमा लामो समयदेखि विवादमा रहेको इमिग्रेशन (आप्रवासन) र एभर्सन (गर्भपतन)को नीतिलाई संशोधन गर्ने दुबै उम्मेदवारको प्रतिबद्धता छ ।
 

टिप्पणीहरू