माइतीघरमा माननीयको एकल प्रदर्शन

माइतीघरमा माननीयको एकल प्रदर्शन
सुन्नुहोस्

पर्यटन व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद राजेन्द्र बजागाईँ हवाई भाडा वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । 

अस्वाभाविक रुपमा बढेको हवाई भाडाले पर्यटन क्षेत्रसँगै वैदेशिक रोजगारीमा जानेहरु मारमा परेको भन्दै उनी ब्यानर बोकेर सडकमा ओर्लिएका हुन् । केही व्यक्तिहरुको मिलेमतोमा वैदेशिक रोजगारमा जाने नेपालीहरुमाथि महँगो भाडा थोपरिएको सांसद बजगाईंको आरोप छ । 

‘नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त छ’, उनले भनेका छन्, ‘उता नेपालभित्र रोजगारका सम्भावना नभएर बुवाआमाले दूध खान पालेका गाईभैँसी बेचेर, परिवार र सन्तान छाडेर विदेशिन बाध्य नेपाली दाजुभाइ दिदीबहिनीमाथि महँगो भाडा थपिएको छ ।’

सांसद बजागाईँले हिजो सामाजिक सञ्जालमार्फत शान्तिपूर्ण प्रदर्शन गर्न लागेको जानकारी गराउँदै ऐच्छिक सहभागिताका लागि आह्वानसमेत गरेका थिए । प्रदर्शनमा कागज र ठूलो साउण्ड सिस्टम प्रयोग नहुने र कपडाको एउटा मात्र ब्यानर प्रयोग गरिने उनले जानकारी दिएका थिए । 

गोर्खाका सांसद बजागाईँले यसअघि पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महङ्गो पार्किङ्ग शुल्क असुल गरिएको भन्दै संसदमा कुरा उठाएका थिए ।

 

टिप्पणीहरू