रवि लामिछाने जिउँदो रहेसम्म सभापति भैरहने डिपी अर्यालको ठोकुवा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद उर्फ डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म अरु नेता पार्टीको सभापति हुन नसक्ने बताएका छन् ।
पोखरामा आयोजित विरोध प्रदर्शनलाई आज सम्बोधन गर्दै उनले जिउँदो रहेसम्म सभापति लामिछाने नै हुने स्पष्ट पारे । ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो', उनले भने ।
लामिछाने जहाँ रहे पनि सभापति पद निरन्तर रहने उल्लेख गर्दै अर्यालले जोड दिएर भने, 'उहाँ जहाँ बस्नुहुन्छ, उहाँ हिरासतमा रहनुहोला, जेलमा रहनुहोला, रास्वपाको सभापति रवि लामिछाने नै हो । उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ ।'
नेताहरुले जेलमै बसेर पार्टी सञ्चालन गरेको र जेलबाट निस्केलगत्तै प्रधानमन्त्री भएका थुप्रै उदाहरण रहेको बताउँदै उनले आफूहरु विचलित नभएको पनि बताए ।
टिप्पणीहरू