माओवादी बैठकमा उपनिर्वाचन र आन्दोलनबारे छलफल
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकले मङ्सिर मसान्तभित्र पालिका अधिवेशन सम्पन्न गर्ने र खबरदारी आन्दोलनलाई पनि संगसंगै अगाडि बढाउने निर्णयसमेत गरेको छ । त्यस्तै, मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय गराउन विशेष कार्ययोजना बनाउने निर्णय बैठकले गरेको प्रवक्ता सापकोटाले बताए ।
उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्दै बाँकी छिट्टै टुंगो लगाउने माओवादीको निर्णय छ ।
टिप्पणीहरू