माओवादी अध्यक्षद्वारा पार्टी परित्याग, चुनावमा स्वतन्त्रलाई सघाउने घोषणा
नेकपा माओवादी केन्द्रको काठमाडौँ महानगरपालिका १६ नम्बर वडा कमिटी अध्यक्ष सुदन थापाले पार्टी छाडेको घोषणा गरेका छन् । उनीसहित ११ जनाले पार्टी परित्यागको घोषणा गर्दै आगामी उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाउने जानकारी गराएका छन ।
सामाजिक सञ्जालमा लेख्दै उनीहरुले देशको वर्तमान राजनीतिक परिस्थिति तथा पुराना दलहरूप्रति जनतामा बढ्दो निराशाको गम्भीर समीक्षा तथा विश्लेषण गर्दै आफूहरु जिम्मेवारीबाट अलग भएको बताएका छन् । उक्त वडामा हुन लागेको उपनिर्वाचनमा उपयुक्त र सक्षम गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने समेत लेखिएको छ ।
माओवादी पार्टी परित्याग गर्नेहरूमा महेन्द्रकुमार श्रेष्ठ, अनमोल राणा, सानु श्रेष्ठ, भरत श्रेष्ठ, ऋषिराम श्रेष्ठ, गजबहादुर बराल, उत्तरकुमार श्रेष्ठलगायत छन् ।
माओवादी पार्टी परित्याग गर्नेहरूमा महेन्द्रकुमार श्रेष्ठ, अनमोल राणा, सानु श्रेष्ठ, भीम खपाङ्गी, भरत श्रेष्ठ, ऋषिराम श्रेष्ठ, गजबहादुर बराल, यमुना केसी, उत्तरकुमार श्रेष्ठ, सुनमाया तामाङल हुन् ।
टिप्पणीहरू