रुस र युक्रेनवीच फेरि घमासान
रुसले युक्रेनको उत्तर पश्चिम क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । ऊर्जा पूर्वाधारलक्षित क्षेप्यास्त्र आक्रमण भएको युक्रेनी ऊर्जामन्त्री हर्मन हालुस्सेन्कोले बताएका छन् ।
राजधानी किएभसहित विभिन्न सहरमा बिहानैदेखि आक्रमण भएको बीबीसीले पनि जनाएको छ । युक्रेनले एअर रेड अलर्ट जारी गरेपछि त्यहाँका नागरिक भूमिगत स्थानमा लुकेका छन् ।
ऊर्जा पूर्वाधार क्षेत्रमा आक्रमणपछि युक्रेनमा अन्धकार छाएको छ । युक्रेनले पनि मस्कोको दक्षिणी भागमा रहेको मुख्य तेल भण्डारणमा आक्रमण गरेको जनाएको छ । आक्रमणबाट भएको हताहतीबारे केही खुलेको छैन ।
टिप्पणीहरू