रविलाई छैटौं पटक म्याद थपिँदै
कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई आज पनि जिल्ला अदालत कास्कीबाट म्याद थपिँदै छ । अनुसन्धान नसकिएकाले उनलाई म्याद थपका लागि आज पनि अदालतमा उपस्थित गराईंदै छ ।
पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएपछि आज छैठौं पटक म्याद थप्न लागिएको हो । उनीमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, कागजात किर्तेलगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।
रविसँगै पूर्व प्रहरी डीआईजी छविलाल जोशीलगायतलाई पनि आजै अदालत लगिँदैछ । लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका हुन् ।
रवि र छविलाई सरकारी वकिलको कार्यालयहरुले यसबीचमा भैरहवा, काठमाडौं र चितवनमा पनि बयान लिएको थियो । गत साता उनीविरुद्ध पर्सा जिल्ला प्रहरीबाट पनि पक्राउपूर्जी जारी भएको छ ।
टिप्पणीहरू