रविलाई कास्की अदालतमा सातौं पटक लगिँदै
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पनि कास्की जिल्ला अदालतमा लगिँदै छ ।
अनुसन्धानका लागि पुनः म्याद थपका लागि उनलाई प्रहरीले कास्की जिल्ला अदालतमा लैजान लागेको हो । पछिल्लो पटक चार दिनको म्याद थपिएको थियो । लामिछाने झण्डै दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् ।
आज लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाईलाई अदालतमा उपस्थित गराउने तयारी छ ।
रविलाई पर्सामा बयान गराएर हिजो हवाई मार्गबाट काठमाडौं हुँदै पोखरा लगिएको हो । सडकमार्गबाट वीरगञ्ज लगिएका जोशीलाई अस्ति फर्काएको हो ।
टिप्पणीहरू