सहकारीमा भिआइपी अकाउण्ट,यसर्थ संगठित अपराध

सहकारीमा भिआइपी अकाउण्ट,यसर्थ  संगठित अपराध
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा दर्ता गरिएको मुद्दामाथि कानुनी प्रक्रिया शुरु भएको छ । जिल्ला अदालतका कास्कीका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेसहित हाल प्रहरी हिरासतमा रहेका पाँच जनालाई बयानका लागि लगिएको छ । 

ती कसूरमा ४४ जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीको तीन महिना लामो अनुसन्धानबाट दुई वटा सहकारीमा लामिछानेको नाममा भिआइपी अकाउन्ट रहेको पाइएको छ । हिजो सरकारी वकीलको कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोगपत्रमा लामिछानेको नाममा त्यस्ता ‘भिआइपी एकाउन्ट’ रहेको उल्लेख छ ।

लामिछानेको निर्देशनमा पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा भिआइपी अकाउण्ट खुलाइएको हो । अभियोगमा लेखिएको छ, ‘प्रतिवादी रवि लामिछाने समेतले सहकारी संस्था लिमिटेडमा खाता खोली निजहरूको आदेश निर्देशनमा उक्त खातालाई ‘भिआइपी एकाउन्ट’ उल्लेख गरी विवरण राख्न लगाएको देखिन आएबाट निजहरूले आफू पर्दा पछाडि रही समूहमा रहेका मानिसहरूलाई परिचालन गरी संगठित रुपमा अपराध गरेको देखिन्छ ।’ यसबाट उनले सहकारी ठगीका साथै भिआइपी एकाउन्ट खोलेर भिआइपी रुपमा संगठित अपराध गरेको देखिन आएको हो।

अनुसन्धानबाट प्रतिवादीहरुले आफ्नो ठेगाना र परिचयसमेत गोप्य राख्न लगाई सहकारी सञ्चालक र कर्मचारीहरूलाई प्रभावमा पारेर त्यस्तो खाता खोलेको देखिन आएको हो । ‘भिआइपी अकाउन्ट’ का नाममा डिजिटल केवाईसी समेतको विवरण राखेको देखिन्छ ।

टिप्पणीहरू