सुत्केरी बिदा नदिएको गुनासोपछि स्वास्थ्य मन्त्रालयको निर्देशन

सुत्केरी बिदा नदिएको गुनासोपछि स्वास्थ्य मन्त्रालयको निर्देशन

सुत्केरी हुने वा भएका महिला कर्मचारीलाई नियमानुसार प्रसूतीको अघि वा पछि सुत्केरी बिदा उपलब्ध नगराएको गुनासोपछि स्वास्थ्य मन्त्रालयले लिखित निर्देशन दिएको छ । कतिपय सरकारी र धेरैजसो निजी तथा गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीलाई कानुनमा व्यवस्था भएबमोजिम तलबसहितको ९८ दिन सुत्केरी बिदा दिन मन्त्रालयले निर्देशन दिएको हो। 

‘सरकारी, निजी तथा गैरसरकारी संघ÷ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आउने गरेको सम्बन्धमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ ले विभिन्न निजी, सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा अन्ठानब्बे (९८) दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने व्यवस्था रहेकोले सो अनुसार सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीहरूलाई सुत्केरी बिदा उपलब्ध गर्नु गराउनुहुन सम्बन्धित सबैलाई अनुरोध छ,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुत्केरी महिला कर्मचारीलाई प्रसूतीअघि वा पछि कम्तीमा अन्ठानब्बे (९८) दिनसम्म तलब सहितको बिदा व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले महिलालाई उक्त अधिकार दिएको छ ।


 

टिप्पणीहरू