हट्यो चेक नसाटिए पनि खाताको रकम काटिने व्यवस्था
नेपाल राष्ट्र बैंकले पर्याप्त मौज्दात नभएर चेक नसाटिएको अवस्थामा ग्राहकको खाताबाट रकम कट्टी नगर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले चेक भुक्तानीसम्बन्धी व्यवस्थाबारे बैंक तथा वित्तीय संस्थाहरुलाई स्मरण गराएको छ ।
राष्ट्र बैंकले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कारोबारको क्रममा चेकहरु आफ्नो खातामा जम्मा गर्दा त्यस्तो चेक प्रस्तु्त गर्नेको खातामा मौज्दात अपर्याप्त भई रकम जम्मा हुन नसकेको अवस्थामा कुनै पनि शुल्क वा रकम लिन नपाइने व्यवस्था गरेको छ ।
साथै, चेक, बिल, पे–अर्डरलगायत कुनै पनि वित्तीय उपकरणका माध्यमले आफ्नो खातामा रकम जम्मा गर्दा बैंक तथा वित्तीय संस्थाले त्यस्तो उपकरणमा उल्लिखित सम्पूर्ण रकम नै सम्बन्धित ग्राहकको खातामा जम्मा गर्नुपर्ने छ ।
त्यस्ता वित्तीय उपकरणको कारोबारमा कुनै शुल्क लाग्ने भएमा बैंक तथा वित्तीय संस्थाले सोसम्बन्धी जानकारी ग्राहकलाई अग्रिम रुपमा गराई खाताबाट छुट्टै रुपमा लिनुपर्ने छ ।
टिप्पणीहरू