चिकित्सा सेवा रणनीति तर्जुमा गर्नुअघि सुझाव संकलन

चिकित्सा सेवा रणनीति तर्जुमा गर्नुअघि सुझाव संकलन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वर्षे आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा रणनीति तर्जुमा गर्ने  भएको छ । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको रणनीति २०८१–०८२–२०९२–०९३ तर्जुमा तयार गर्न लागेको मन्त्रालयले जानकारी दिएको हो । त्यसका लागि मन्त्रालयले सरोकारवालासँग आवश्यक राय-सुझाव पनि मागेको छ ।

रणनीति तर्जुमाका लागि सरोकारवाला निकाय, व्यक्ति, विज्ञहरुलाई सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ । मन्त्रालयको वेबसाइटबाटै सुझाव संकलन गर्न लागिएको हो ।

टिप्पणीहरू