साउदीका उच्च अधिकारी फर्केलगत्तै मुस्लिम आयोगका अध्यक्ष दुबईमा
राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी फेरि दुबई पुगेका छन् । उनी हिजो अपरान्ह सवा ४ बजे फ्लाइ दुबइको उडान नम्बर एफजेड ५४० मा काठमाडौंबाट त्यता गएका हुन् ।
यसअघि उनी नेपाल भ्रमणमा आएका साउदी अरेबियाका इस्लामिक मामिला मन्त्रालयका उपसचिव डाक्टर आवाद बिन सेब्ती अलानाजीको स्वागत र सत्कारमा व्यस्त थिए । उपसविच आवाद आधा दर्जन सदस्यको टोलीसहित पुस ७ गते नेपाल आएर ९ गते स्वदेश फर्केका हुन् ।
सचिव डा. अवादलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अन्सारीले स्वागत गरेका थिए । हुनतः उनी नियमित रुपमा काठमाडौंबाट दुबई जाउआउ गरिरहन्छन् । दुबईबाट अन्यत्र छड्किएको बारे भने कुनै जानकारी दिने गरिएको छैन । दुबई जानुअघि र फर्केपछि उनी मधेशका धनुषा,रौतहट,बारा,पर्सालगायतका जिल्ला घुम्न जाने गरेका छन् ।
टिप्पणीहरू