माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । उहाँहरुबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा कुराकानी भएको हो ।
पछिल्लो समय नेता गौतम र एकता राष्ट्रिय अभियान एकीकृत समाजवादीमा समाहित हुने चर्चा छ । यसका लागि पटक पटक नेताहरुबीच भेटवार्ता भइसकेको छ । आजको भेटवार्ता निर्णायक हुने बताइएको छ ।
गौतमलाई एकीकृत समाजवादीमा वरिष्ठ नेताको हैसियतमा भित्र्याउने तयारी छ ।
टिप्पणीहरू