मुस्लिम आयोगका अध्यक्ष एक रातका लागि हप्तैपिच्छे दुबई

मुस्लिम आयोगका अध्यक्ष एक रातका लागि हप्तैपिच्छे दुबई
सुन्नुहोस्

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी फेरि एक रात दुबई बसेर काठमाडौं फर्केका छन् । उनी अस्ति अपरान्ह पौने ५ बजे काठमाडौंबाट त्यता गएर आज बिहान आइपुगेका हुन् ।

अन्सारी शुक्रबार अपरान्ह पौने ५ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ५४० मा काठमाडौंबाट दुबई गएका हुन् । उनी त्यो रात उतै बसेर त्यहाँको समयअनुसार गएराति दुबईबाट काठमाडौं प्रस्थान गरेका थिए । आज बिहान पौने ९ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मा आइपुगेका हुन् ।

अघिल्लो साता पनि उनी यसैगरी एक रातका लागि दुबई गएका थिए । पुस ११ गते बिहीबार अपरान्ह सवा ४ बजे फ्लाइ दुबईको उडानमा काठमाडौंबाट त्यता गएका उनी बिहीबार एक रात बसेर फर्केका थिए । 

त्यसअघि नेपाल आएका साउदी अरेबियन इस्लामिक मामिला मन्त्रालयका उपसचिव डाक्टर आवाद बिन सेब्ती अलानाजीको स्वागत र सत्कारमा व्यस्त भए । उपसविच आवाद आधा दर्जन सदस्यको टोलीसहित पुस ७ गते नेपाल आएर ९ गते स्वदेश फर्किएको थियो ।

सचिव डा. अवादलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अन्सारीले स्वागत गरेका थिए । उनी नियमित रुपमा दुबई जाउआउ गरिरहन्छन् ।

टिप्पणीहरू